जनकपुरधाममा कांग्रेसको चुनावी सभामा उर्लियो जनसागर

काठमाडौं - नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गरेको प्रतिज्ञा सभा सुरु भएको छ । केहीबेर अघिबाट सभा सुरु भएको हो । पार्टी सभापति गगन थापा मञ्चमा आएपछि सभा सुरु भएको हो । कांग्रेसको सभामा जनसागर उर्लिएको छ । कार्यक्रम सुरु नहुँदै तिरहुतियागाछीस्थित चौर भरिएको छ । विभिन्न जिल्लाबाट नेता कार्यकर्ता र समर्थक आउने क्रम जारी रहेको…