प्रवासी अनुभव, त्याग र परिणाममुखी दृष्टिकोणसहित दीपक सुनुवारको समानुपातिक उम्मेदवारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट प्रवासी कोटाअन्तर्गत समानुपातिक उम्मेदवारका रूपमा दीपक सुनुवारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। भक्तपुर जिल्लाको चाँगुनारायणमा जन्मिएका सुनुवारले भारत, खाडी मुलुक, युरोप हुँदै संयुक्त राज्य अमेरिका सम्म २० वर्षभन्दा बढी समय श्रमिक तथा पेशागत जीवन बिताएका छन्। हाल उनी अमेरिकी प्रणालीअनुसार लाइसेन्स प्राप्त मास्टर टेक्निकल प्राविधिक हुन्। सो योग्यता…