काठमाडौं - महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत वीरगन्ज इजलासले पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिँदा लिएका आधारहरूप्रति आपत्ति जनाउँदै शुक्रबार पुनरावेदन गर्ने तयारी गरेको छ । गत जेठ १४ गते वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलगायतलाई सफाइ दिने फैसला गरेका थिए। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले उच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण…