काठमाडौं महानगरको बजेट आज ल्याइँदै, बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२–८३ को बजेट र नीति तथा कार्यक्रम ल्याउँदै छ।लामो रस्साकस्सी र विवादका बीच शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेनले आइतबार बजेटसभा बोलाएका हुन्। कार्यपालिका बैठकमा २३ वटा एजेन्डा भए पनि खासै नभएको भन्दै बालेनले ४५ सेकेन्डमै बैठक स्थगित गरेका थिए । आज दिउँसो २ बजे…