ओलीको मन्त्रिपरिषद् फेरिँदै, कांग्रेसभित्र पनि असन्तुष्टि चुलियो,साउनको दोस्रो सातामा मन्त्री हेरफेर

काठमाडौँ — सरकार गठनको एक वर्ष पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। २०८१ असार ३० मा प्रधानमन्त्री बनेका ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। मंगलबार सो सरकारको एक वर्ष पुगेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको संकेत दिंदै, “गठबन्धनको सहमतिमा फेरबदल हुनसक्छ,” भनेका छन्।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र…