काठमाडौं - विधानतः नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । १४औं महाधिवेशनपछि चुनिएको कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिँदैछ । कांग्रेस विधानमा चार वर्षमा नियमित महाधिवेशन गर्ने उल्लेख छ । काबुभन्दा बाहिरको परिस्थिति सिर्जना भएमा एक वर्ष कार्यकाल थप्न सकिनेछ । तर अहिलेको अवस्था हेर्दा कांग्रेसमा आगामी मंसिरमा १५औं महाधिवेशन हुनेमा शंका नै छ…