जसपा नेतृ बबीले पारिवारिक जमघटमा पेस्तोल पड्काएपछि….

काठमाडौं - जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादवलाई आपत आइलागेको छ । पारिवारिक जमघटमा डान्स गर्दै पेस्तोल पड्काएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवकी छोरीसमेत रहेकी नेतृ बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ…