नेपाल सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगमको (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ। सरकारले हुवेई प्रान्तका विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज आज शनिबार अपरान्ह चीन पठाउने भएको हो । स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…