विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए। युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन्।…