काठमाडौं - भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका विपक्षी दलले जेठ २० देखिको बजेटमाथि छलफल हुन नदिने भएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बसेको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म…