समाज बदल्ने छोरीहरु – साहासी तीन छोरी जसले डा. देवकोटालाई बोकेरै आर्यघाट पुर्याए …(हेर्नुहोस् भिडियो)

निष्प्राण डा. उपेन्द्र देवकोटालाई उनकै रगत र पसिना सिंचित बाँसबारीस्थित न्युरो अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनकै इच्छाअनुसार निधनपछि दौरा, सुरुवाल र ढाका टोपी पहिर्‍याएको थियो । फूलै फूलको चाङमाथि चिर-विश्राम लिइरहेका डा. देवकोटाका सम्मुखमा थिए, पत्नी डा. मधु दीक्षित । देवकोटासँगै थिए तीन छोरीहरु मेधा, वसुधा र मञ्जरी । सायौं विरामीलाई नयाँ…