काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सरकारले नौ दिनपछि संसदलाई जानकारी गराएको छ । गृहमन्त्री रमेश लेखकले रेशम पक्राउप्रति दुःख व्यक्त गरेका छन्। रेशमको पक्राउका विषयमा बिहीबार सदनलाई जानकारी दिँदै लेखकले सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीले विवेक बाहिर गएर गरेको अनधिकृत पत्रव्यवहारका कारण घटना भएको बताए। यसअघि अदालतबाट हुने गरेको…