बालेनको बालुवाटार प्रवेश, के हो संकेत ?

काठमाडौं - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सार्वजनिक सभा समारोहमा विरलै देखिन्छन् । महानगरपालिकाले आयोजना गर्ने कार्यक्रमबाहेक उनी कहीँकतै देखिन्नन् । अझ संघीय सरकारका प्रमुख, मन्त्री, पदाधिकारीसँग उनको निकै पातलो भेट हुन्छ । मेयरमा निर्वाचित भएको साढे तीन वर्षमा बालेनले औपचारिक रूपमा प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेको सम्भवतः थिएन । तर उनले बुधबार बिहान अन्तरिम…