काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कुनै पनि आयोजनामा सरकारी कर्मचारीले अतिरिक्त शुल्क (कमिसन) मागे सीधै आफूलाई जानकारी गराउन भनेका छन् ।निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहितको टोलीसँग आइतबार भएको भेटमा मन्त्री लम्सालले यस्तो आग्रह गरेको महासंघले जनाएको छ । महासंघले आइतबार सबै सदस्यहरूलाई सर्कुलर गर्दै मन्त्रीसँग भएको सहमतिबारे निर्देशनात्मक परिपत्र गरेको छ…