चितवन — खैरहनी नगरपालिका-८ स्थित एक खाजा पसलमा मंगलबार दिउँसो हतियारधारी समूहद्वारा गरिएको आक्रमणमा तीन जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने मुख्य आरोपितहरू फरार रहेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार दिउँसो साढे १ बजे…