काठमाडौं - जेनजी आन्दोलनको म्यान्डेटमा बनेको अन्तरिम सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेता र उनका परिवारका नाममा रहेका सम्पत्ति तथा कारोबारमाथि प्रारम्भिक अनुसन्धान थालेको छ । भ्रष्टाचार अन्त्य र सुशासन कायमको समेत कार्यादेश रहेको सरकारले दलका नेताहरूको सम्पत्ति तथा वित्तीय कारोबारसम्बन्धी विवरण जुटाइरहेको छ भने सूक्ष्म निगरानी पनि जारी राखेको छ । पटक–पटक सरकारको नेतृत्व र साझेदारीमा…