काठमाडौं l बागमती नदी र त्यसका सहायक नदी किनारमा जोखिमपूर्ण जीवन बिताइरहेका बासिन्दाहरू सुरक्षित भविष्यको खोजीमा सरकारको पहलप्रति सकारात्मक देखिएका छन्। बल्खु र वंशीघाट क्षेत्रका भूमिहीन तथा न्यून आय भएका नागरिकहरू यतिबेला दशरथ रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइरहेका छन्। हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा विवरण दर्ता गराइसकेका छन् भने सयौं व्यक्ति लाइनमा रहेको जनाइएको…