रसुवाका एमाले नेता ढकाललाई आज गगन थापाले कांग्रेस प्रवेश गराउँदै

काठमाडौं । एमाले नेता जनार्दन ढकाल बिहीबार नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। राष्ट्रिय सभा गृहमा कांग्रेसले आयोजना गर्न लागेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा सभापति गगन थापाले ढकाललाई पार्टी प्रवेश गराउन लागेका हुन्। ढकाल संविधान सभा सदस्य हुन्। एमाले रसुवाका पूर्वअध्यक्षसमेत रहेका उनी पछिल्लो एक वर्षयता एमाले नेतृत्वप्रति असन्तुष्ट हुँदै पार्टी गतिविधिमा निष्कृय रहँदै आएका छन्।…