नागढुङ्गा–सिस्नेखोला सुरुङ साउन दोस्रो हप्ताबाट सञ्चालनमा आउने

सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग को सञ्चालन अब अन्तिम चरणमा पुगेको छ। करिब २.६८८ किलोमिटर लामो यो सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट गाडी आवतजावतका लागि खुल्ने तयारी गरिएको छ। हालसम्म आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने ९६ प्रतिशत बजेट खर्च भइसकेको छ। केही पहिरो नियन्त्रण र मुआब्जा वितरणका काम बाँकी भए पनि ती काम सञ्चालनसँगै गर्न सकिने…