काठमाडौं । रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा.लेखजंग थापाले आफ्नो पहिलेकी श्रीमतीसँग भएको सम्बन्ध विच्छेदको कागजपत्र सार्वजनिक गरेका छन् । पार्टीले मंगलबारसम्मको डेडलाइन दिएर उनलाई डिभोर्सको कागजपत्र सार्वजनिक गर्न समय दिएको थियो । थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अदालतमा भएको डिभोर्सको कागज सार्वजनिक गरेका हुन् । थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश…