पहिरोसँगै सेती नदीमा बग्नबाट जोगियो बझाङबाट काठमाडौं‌ आइरहेको बस

काठमाडौं‌– पहिरोसँगै आएको लेदोमा बग्नबाट शुक्रबार एउटा बस जोगिएको छ । शुक्रबार बझाङबाट काठमाडौं‌ आइरहेको खप्तड मालिका यातायातको बस दुर्घटनाबाट जोगिएको हो । जयपृथ्वी राजमार्गअन्तर्गत छविस पाथिभेरा गाउँपालिकाको मटेला भ्यागुतेखोला नजिकै गए राति पहिरो खसेको थिए । पहिरो पन्छाएर अवरुद्ध भएको राजमार्ग खुला गरेपछि जाममा परेका गाडीहरू गुडाउने तरखर हुँदै थियो। सोहि क्रममा उक्त बस…