रविलाई सरकारले प्रतिशोध साँधेको भन्दै हस्ताक्षर अभियानमा सरिक भए चर्चित कलाकार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । अभियानको नेतृत्व दीपक बोहराले गरेका छन् । बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा सञ्चालन भएको ‘जनताको हस्ताक्षर अभियान’ मा कलाकारहरूले पनि साथ दिएका छन् । यसैक्रममा अभिनेताद्वय विपिन कार्की र रमेश उप्रेतीले आइतबार रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्…