काठमाडौं- टोखा नगरपालिका १० गोंगबु गणेशस्थानबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेका छन् । गोंगबु गणेशस्थानस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ९ बस्ने गोरखा घर भएका ४० वर्षीय खड्गबहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेका हुन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ,…