वैकल्पिक राजनीतिक दलको नारा बोकेको विवेकशील रास्वपामा समाहित हुँदै

काठमाडौं । वैकल्पिक राजनीतिक दलको नारा बोकेर उज्ज्वल थापाले गठन गरेको विवेकशील साझा आइतबारदेखि इतिहास बन्ने भएको छ । विवेकशील साझा पार्टी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएपछि थापाले सुरु गरेको वैकल्पिक राजनीतिक दलको एजेन्डा शून्यमा पुगेको हो । आइतबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी…