काठमाडौं । संगीतकार टंक बुढाथोकीले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका छन् । अशोकले फेसबुकमार्फत बुढाथोकीको अभिव्यक्तिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रस्तुत गरिएको भन्दै यस विषयमा आफू र बुढाथोकी दुवैलाई गाली नगर्न आग्रह गरेका छन् । उनले बुढाथोकीलाई जन्म दिने बुवा नभए…