विद्युत जोडिएका उद्योगलाई मंसीर १२ गतेभित्र महसुल बुझाइसक्न विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट…