काठमाडौं । पछिल्लो केही महिनायता नेपालमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ । अझ पश्चिम एसियामा इरान र इजरायलबीच युद्ध चर्केपछि यसले भयावह अवस्था ल्याउने भन्दै आमनेपाली चिन्तामा परेका छन् । अहिले नेपालका अधिकांश पहाडी गाउँहरूमा समेत खाना पकाउन एलपी ग्यासको प्रयोग गरिन्छ । यस्तै केही कलकारखाना र यातायातका साधनमा समेत ग्यासको खपत हुन्छ…