Logo

समाचार

खबरदारी सभामा प्रचण्डको गर्जन : ०८४ मा कांग्रेस र एमालेजस्तो भ्रष्ट र दलालसँग मिलेर चुनाव लड्दैनौं, एक्लै लड्छौ

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने उद्घोष गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस र एमालेसँग चुनावी सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेकोले अब त्यो गल्ती

फिल्म रिलिज भएको १५ दिनपछि सार्वजनिक भयो ‘छक्कापञ्जा ५’ को रोमान्टिक गीत

काठमाडौं– हलमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ५’ को रोमान्टिक गीत युट्युबमा रिलिज भएको छ । रोमान्टिक गीत ‘यो माया बनाउने को हो’ फिल्म रिलिज भएको १५ दिनपछि सार्वजनिक गरिएको हो । भिडिओमा फिल्मका शीर्ष कलाकार दीपकराज गिरी र वर्षा शिवाकोटी फिचर्ड छन्। उनीहरूबीचको प्रेमभाव गीतमा प्रस्तुत गरिएको छ।

मुस्ताङको छुट्टाछुट्टै स्थानमा दुई विदेशी पर्यटकको मृत्यु

काठमाडौं– मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

काठमाडौं– पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय

सहकारी पीडितले मंसीर ५ मा वृहत राष्ट्रिय आन्दोलन गर्ने

काठमाडौं– सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गर्दै सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको छ । ‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले

मनकामना दर्शनका लागि जाँदै गरेका भक्तालु चढेको भ्यान दुर्घटना

काठमाडौं– धादिङको थाक्रे गाउँपालिका–६ मा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको हो । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । घाइतेहरुमध्ये

‘८८ अर्ब फिर्ता गर’ भन्दै रास्वपाका कार्यकर्ताको प्रदर्शन (लाइभ भिडियोसहित)

काठमाडौं– जिल्ला अदालत कास्कीले रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न थप ७ दिन म्याद थप गरेपछि रास्वपाका नेता तथा कार्यकर्ता पोखराबाट काठमाडौं ‘सिफ्ट’ भएका छन्। शुक्रबार उनीहरू माइतीघर मण्डलामा प्लेकार्डसहित भेला भएर रवि लामिछाने पक्राउको विरोध गरिरहेका छन् । उनीहरुले सभापति पक्राउको विरोधका साथै सरकारविरुद्ध समेत प्रदर्शन गरिरहेका छन् । लामिछाने

आठ हजारभन्दा अग्ला हिमालहरु दुईपटक चढेर कीर्तिमान राखेका निम्स दाईलाई भव्य स्वागत

काठमाडौं– सातै महादेशका अग्ला हिमाल दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्थालगायत शुभेच्छुकले काठमाडौँमा भव्य स्वागत गरेका हुन् । निर्मल पूर्जा अर्थात् निम्स

घुससहित पक्राउ परे सिम्रौनगढका हाकिम

काठमाडौं– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा कलैया

महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनायो साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले थप नयाँ उपकरण बनाएको छ । केन्द्रले साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’ निर्माण तथा सफल परीक्षण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अधक्ष्य महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा उडानको भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । आविष्कार केन्द्रमै कार्यरत राजु थापाले अनुसन्धानकै क्रममा