रास्वपा सांसद सृष्टी भट्टराईलाई ट्राफिक कारबाही गर्न उठ्यो माग

काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सृष्टि भट्टराई ले गुडिरहेको कारको झ्यालबाट आधा शरीर बाहिर निकालेर रमाइलो गरेको पुरानो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो सार्वजनिक भएपछि सडक सुरक्षासम्बन्धी नियम उल्लङ्घन भएको भन्दै उनलाई पनि हर्क साम्पाङ लाई जस्तै ट्राफिक कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जालमा उठ्न थालेको छ। कतिपय प्रयोगकर्ताले सार्वजनिक पदमा…