दशैंमा घर शृङ्घार्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

वीरेन्द्रनगर — हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । हुम्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनीहरु आज बिहान घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका थिए ।…