कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्नमा प्रतिबन्ध

धनगढी– कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी, भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको हो। आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै…