काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा बिहीबारका लागि पेसी तोकिएको छ। कात्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्च अदालतबाट मूल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो। गत बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र…