काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहकार्यका क्षेत्रलाई थप सुदृढ बनाउने विषयमा वार्ता गर्नेछन्। साथै उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता…