काठमाडौं l नेपाली कांग्रेसले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये शुक्रबार राति १२ बजेसम्म वडा सभापतिमार्फत ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी (NCID) प्राप्त…