काठमाडौँ । सरकारले फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ । कानुनमन्त्री सोबिता गौतमका अनुसार फोहोर उत्पादनदेखि त्यसको अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रलाई कानुनी दायरामा ल्याउने गरी विधेयक तयार गरिएको हो । विधेयकमा फोहोर उत्पादन न्यूनीकरणदेखि स्रोतमै वर्गीकरण, सङ्कलन, ढुवानी, प्रशोधन, पुनःप्रयोग तथा पुनःप्रशोधनसम्मका विषयलाई समेटिएको छ…