पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरलाई प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् । ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनालले पनि श्रद्धाञ्जली व्यक्त गरेका…