चितवन– चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको हो । शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल…