काठमाडौँ- नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि प्रजातन्त्रप्रति विषवमन गर्ने आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै गैरेले पूर्वराजा शाहको प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशको आलोचना गर्दै यसले सहिदहरूको अपमान गरेको आरोप लगाए। सांसद गैरेले शाहकै कारण राजतन्त्र ढलेको भन्दै भने, ूशाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेका कारण…