काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद धवलशमशेर राणा पक्राउ परेको विषय प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समयमा आफ्नो धारणा राखिसकेपछि सभामुख घिमिरेले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र पढेर सुनाएका हुन् । शुक्रबार तीनकुनेमा भएको घटनामा दुईजनाको ज्यान गएको विषयमा राणा पक्राउ परेका थिए…