चार दिनमै दुई उपाध्यक्षलाई निस्कासन गरेका हर्क साम्पाङ पार्टी बनाउँदैछन् कि भत्काउँदै ?

काठमाडौं । पछिल्लो समय धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ कार्यालयको कामभन्दा बढी पार्टी गतिविधिमा सक्रिय भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क संगठन विस्तारका लागि देश दौडाहामा लागेका छन् । आफैं अध्यक्ष भएर पार्टी खोलेका हर्क पछिल्ला चार दिनमै पार्टीका दुई उपाध्यक्षमाथि गरिएको कारबाहीले चर्चामा आएका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा भएको घटनाक्रमपछि…