प्रहरीको कारबाहीमा चौकुनेबाट ६ भरुवा बन्दुक बरामद

सुर्खेत। प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६ स्थित वनडाल सामुदायिक वनको ओडारबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको ६ सदस्यीय टोलीले बिहीबार अपराह्न बन्दुक बरामद गरेको हो। ओडारमा बन्दुक लुकाएर राखिएको सूचनापछि प्रहरीले खोजी गर्दा ती बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय…