काभ्रेपलाञ्चोकको महाभारत सामुदायिक वनमा आगलागी नियन्त्रणमा चुनौती

काठमाडौँ- काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्रस्थित खानीखोला गाउँपालिका–१, थामलेख डाँडाको महाभारत सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बुधबार साँझ आगलागी नियन्त्रणका लागि नेपाली सेना र प्रहरीका टोली स्थानीय बासिन्दासँग समन्वय गरी खटाइएको छ। आगलागीले मानवबस्तीमा क्षति पुर्‍याउन नदिन सुरक्षाकर्मीहरूले क्षेत्रको अनुगमन गरिरहेका छन्। कुनै खतराको…