काठमाडौँ- कपिलवस्तु प्रहरीले सात वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी सोलिन्द्रर अहिरलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। बलात्कार मुद्दामा उच्च अदालत बुटवल, रूपन्देहीले २०७८ साल पुस २ गते सात वर्ष कैदको फैसला सुनाएपछि अहिर फरार रहेका थिए। सुराकका आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले उनलाई माघ ७ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।…