काठमाडौँ- इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ। ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको एक कलमार्फत यो धम्की प्राप्त भएको थियो। बीजी–३५६ नम्बरको बङ्गलादेश एयरलाइन्सको विमानमा धम्की दिइएको थियो। विमान रोमबाट ढाकाका लागि उडेको थियो। अज्ञात व्यक्तिले बम राखिएको धम्की दिएको थियो। यसले विमानस्थल प्रशासनलाई त्रासमा पार्यो।…