Logo

समाचार

तीन पालिकाका उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने

काठमाडौं–आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले तीन स्थानीय तहको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ । पुरुष प्रमुख रहेको तीन स्थानीय तहमा रिक्त उपप्रमुखमा दलहरुले महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको हो । असोज ३० गते बसेको निर्वाचन आयोगको बैठकले जाजरकोटको नलगाड नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामिकार्तिक खापर गाँउपालिकाको

बाढी र पहिरोमा परेर बेपत्तामध्ये काभ्रेका ६ जना अझै भेटिएनन्

काठमाडौं– गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी काभ्रेमा ७८ जनाको ज्यान गएको छ भने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६

दशैंको समयमा अनलाइन स्क्याममा परेर १६ लाख गुमाएपछि युवकले गरे आत्महत्या

काठमाडौं– दशैंको अन्तिम दिन बुधबार कञ्चनपुरका २३ वर्षीय योगेश ठगुन्ना बिहान आफ्नै कोठामा बसेर केहि लेख्दै थिए । योगेश खाना खान नआएपछि केहि काम वा पढाइमा व्यस्थ होलान् भन्ने परिवारले सोचेको थियो । तर, आधा घण्टासम्म पनि उनी निस्किएनन् । त्यस लगत्तै उनका बुवा कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएको थाहा

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं– सत्तारुढ दुई दलसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको हो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं

माउन्टेन फ्लाईटमा गएको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौं– बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको

यज्ञमणि न्यौपानेले रास्वपाका अनुशासन आयोगबाट दिए राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशान आयोगको उपप्रमुखबाट अधिवक्ता यज्ञमणि न्यौपानेले राजीनामा दिएका छन् । उनले दशैं अघि नै राजीनामा बुझाएको र हालै उनको राजीनामा स्वीकृत गरिएको रास्वपाले जनाएको छ । न्यौपाने करिब २ वर्षदेखि रास्वपाको अनुशासन आयोगमा आवद्ध थिए । उनले आयोगबाट राजिनामा दिएपनि रास्वपाबाट भने अलग नभएको उनीनिकट

सुनको भाउले फेरि राख्यो नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनले राखेको कीर्तिमानलाई तोड्दै आज पुन नयाँ रेकर्ड कायम भएको हो । आज सुनको मुल्यमा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गोकर्णको प्रतिक्षालयमा भेटियो पुरुषको शव

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एउटा शव फेला परेको छ । परिचय नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको शव बिहीबार प्रतीक्षालयमा फेला परेको हो। उक्त शव भेटिएको स्थानको मुचुल्का गरेर प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।  

पशुपतिमा बनेका अनधिकृत संरचना हटाउन गएको महानगरको जोडर प्रहरीको नियन्त्रणमा, हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ भन्दै बालेनले लेखे कविता

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत उनले यस्तो अभिव्यक्ति जनाएका हुन् । नेपालको संविधान २०७२ मा नेपाल धर्म निरपेक्ष राष्ट्र रहेको उल्लेख गरिएको छ । यसको विरोध गर्दै कतिपयले नेपाललाई हिन्दु राष्ट्र हुनुपर्ने धारणा राख्दै आएका छन

गौशालामा रहेको पशुपतिको जग्गा तत्काल खाली नगर्न पर्यटक मन्त्रालयको पत्राचार

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको गौशालामा रहेको जग्गा खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्र पठाएको छ । २३ असोजमा गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास परिषद्को असोज २० गते बसेको बैठकको