काठमाडौँ - इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो। विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित रहने तयारी भएको स्रोतले जनाएको छ।…