बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण गर्दै

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ। आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको हो। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण…