एक महिनासम्म परराष्ट्रमन्त्री नियुक्त गर्न नसकेकी प्रधानमन्त्री आफैं कूटनीतिक ‘ब्रिफिङ’ गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एक महिनापछि शुक्रबार विदेशी कूटनीति र राजदूतलाई ‘ब्रिफिङ’ गर्दैछिन् । एक महिनासम्म परराष्ट्रमन्त्री नियुक्त गर्न नसकेकी कार्कीले परराष्ट्रमन्त्रीको हैसियतमा आफैंले ‘ब्रिफिङ’ गर्न लागेकी हुन् । नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ का लागि उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी छन्। प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे…