Logo

समाचार

पनौती, रोशी र बेथानचोकलाई विपद्पछिको संकट व्यवस्थापन गर्न काठमाडौंले सहयोग गर्ने

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम

विवाह गर्ने भन्दै बोलाएर सामुहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ

काठमाडौं– दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। दाङ गढवा गाउँपालिका–५ की १९ वर्षीय युवतीमाथि प्रेमीसहित चार जनाले बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए। युवतीको सोही ठाउँका १९ वर्षकै किरण चौधरीसँग केही समयदेखि प्रेमसम्बन्ध थियो । किरणले युवतीलाई फोन गरी विवाह गर्ने प्रलोभन देखाएर

तीन दिनभित्र बिपीबाहेक सबै राजमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौं– सरकारले अबको तीन दिनभित्र बिपी राजमार्ग बाहेकका सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालले संसदको पूर्वाधार समितिले अबको तीन दिनभित्र बिपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो। मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरू गरेको बताएका

दाङको घोराहीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङ– दाङमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका वडा नम्बर १४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन। यस्तै रोल्पा घर भएका र हाल दाङको

दशैंका लागि कमाउन गएका थिए, पहिरोले घरसँगै श्रीमती र छोरा पुरिए

काभ्रेपलाञ्चोक– बेथान्चोक गाउँपालिका वडा नम्वर ३ का भिमबहादुर शंकर बुधबार गाउँ फर्किए । करिब तीन हप्ताअघि मात्र दशैं खर्चको लागी केही पैसाको जोहो गर्न काम खोज्दै उदयपुर पुगेका उनको श्रीमती र छोरा पहिरोले पुरिएपछि काम बीचमै छाडेर फर्किएका हुन् । उनी २६ भदौमा गाउँकै ६ जना साथीहरुसँग उदयपुर पुगेका थिए

दशैंभरि नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

काठमाडौं– चितवनको नारायणघाटदेखि काठमाडौंसम्म दशैंभरका लागि ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यो

नेपालको विपत्तीप्रती बेलायती राजारानीको चिन्ता

काठमाडौं– गत हप्ता नेपालमा अबिरल वर्षाका कारण गएको प्राकृतिक विपतप्रती बेलायती राजारानीले चिन्ता प्रकट गरेका छन्। नेपाल र बेलायत सम्बन्ध गोर्खाहरूको योगदानले मात्र नभएर धेरै कुराले भएको भन्दै बेलायती राजाले नेपालमा धेरै बेलायतीको भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन् । राजाले यो सन्देश एक औपचारिक वक्तव्यमार्फत सार्वजनिक गरेका छन्। राजा

क्रसर उद्योगले खनेको खाल्डोको पानीमा डुबेर दाजुभाईको मृत्यु

मोरङ– मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योग नजिकै खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । क्रसर उद्योगले थुपारेको गिटी बालुवा निकाल्दा ठुलो खाल्डो परेको थियो । केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको पौडी खेल्ने क्रममा डुबेर भूपेन र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

दशैंमा घर जाने यात्रुको चाप बढेपछि उडान थप्दै हवाई सेवा प्रदायक कम्पनी

काठमाडौं– यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरुले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअर, श्री एअरलाइन्स, यति एअरलाइन्सले दशैंमा घर जाने यात्रुको सङ्ख्या बढेपछि उडान थपेको हो । बुद्ध एअरले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५०

आजदेखि हेटौँडाका दुई सडकखण्ड सञ्चालनमा

बागमती– त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै