रवीन्द्र ढाँट ‘रोड टु युएफसी सिजन–५’ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट विश्व प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन–५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार दिउँसो मकाउमा भएको ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन्। दोस्रो राउन्डमा उनले प्रतिद्वन्द्वीलाई भुइँमा ढाल्दै लगातार मुक्का प्रहार गरेर नकआउट जित…