Logo

समाचार

क्रसर उद्योगले खनेको खाल्डोको पानीमा डुबेर दाजुभाईको मृत्यु

मोरङ– मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योग नजिकै खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । क्रसर उद्योगले थुपारेको गिटी बालुवा निकाल्दा ठुलो खाल्डो परेको थियो । केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको पौडी खेल्ने क्रममा डुबेर भूपेन र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

दशैंमा घर जाने यात्रुको चाप बढेपछि उडान थप्दै हवाई सेवा प्रदायक कम्पनी

काठमाडौं– यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरुले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअर, श्री एअरलाइन्स, यति एअरलाइन्सले दशैंमा घर जाने यात्रुको सङ्ख्या बढेपछि उडान थपेको हो । बुद्ध एअरले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५०

आजदेखि हेटौँडाका दुई सडकखण्ड सञ्चालनमा

बागमती– त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै

नयाँ रियालिटि शो ‘अन्ताक्षरी’को डिजिटल अडिसन सुरु

काठमाडौं– नयाँ रियालिटी शो ‘अन्ताक्षरी’को डिजिटल अडिसनको घोषणा गरेको छ । शो सञ्चालनमा ल्याउन लागेको नोबडी प्रोडक्सनले दशैंको घटस्थापनाको अवसर पारेर डिजिटल अडिसनको घोषणा गरेको हो । प्रोडक्सनले गत भदौ २४ गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै रियालिटी शो ‘अन्ताक्षरी’ को घोषणा गरेको थियो । नोबडी प्रोडक्सनको आधिकारिक सामाजिक

२१ वर्षपछि मुक्त भयो मारवाडीको कब्जाबाट पशुपतिनाथको जग्गा

काठमाडौं– भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौं जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७

आनी छोइङले बाँडिन् काभ्रेका तीन सयभन्दा बढी बाढीपहिरो पीडित परिवारलाई राहत

काठमाडौं– मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी नेपाल र भारतबिच द्विपक्षीय सम्झौता

काठमाडौं– नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहका बीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका

राजदेवी मन्दिरमा चार फिट पानी जम्दा जमरा राख्न समस्या

काठमाडौं– महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा पर्दा जमरा राख्न समस्या परेको छ । पानी जमेकै कारण आज दशैंको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए। मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको उनले बताए । उनका अनुसार मन्दिरको पछाडिपट्टीको खाली

जापानको विमानस्थलमा पड्कियो दोस्रो विश्वयुद्धताका अमेरिकाले फ्याकेको बम

टोकियो– जापानमा दोस्रो विश्वयुद्धको समयताका अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ । दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा बुधबार सो बम विष्फोट भएको हो । ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट भएको थियो । विष्फोटको समयमा आसपासमा कुनै विमान नहुँदा ठूलो क्षति भने हुन पाएन । विष्फोटका कारण ट्याक्सी वेमा ७ मिटर

माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु

वीरेन्द्रनगर— घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वली बिहीबार खोलाको छेउमा माटो खन्न गएकी थिइन् । माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर प्रहरीले जनाएको छ । प्रहरीका