काठमाडौं– चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज धुमधामकासाथ मनाइँदैछ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँतको आज दिउसेडी मेला लाग्नेको छ । लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ। शुक्ल नवमीका राति…